म्याग्दी, असोज ६ गते
Saturday, September 22, 2012 | comments
म्याग्दी, असोज ६ गते । संविधानसभाबाट संविधान जारी नगरिकन संविधानसभा विघटन हुँदा व्यक्तिको जन्मसिद्ध अधिकार मानबअधिकार खतरामा परेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । देश मुल कानुन विहिनताको अवस्थामा रहेकाले मानबअधिकार उल्लंघनका घटनाहरु बढ्दै गएको सहभागीहरुको भनाई थियो ।
मानबअधिकार तथा शान्तिm समाज म्याग्दीको १० औ साधारणसभाको उद्घाटन सत्रमा बोल्ने बत्ताहरुले शिर्ष दलहरु र बर्तमान सरकार नै संविधान जारी नगरि संविधान सभा विघटन हुनुको दोषी रहेको भन्दैे दलहरु जिम्मेवार बनेर राष्ट्रिय सहमती कायम गरि मुलुकको मुल कानुन संविधान निर्माणमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालले देशमा अहिले मुल कानुन नहुँदा मानबअधिकार स्थापित गर्न समस्या भएको बताउनुभयो । उहाँले मुल कानुन नहुँदा राज्य कमजोर भएको भन्दै मानबअधिकारका विश्वव्यापि मान्यताहरुलाई नयाँ संविधानमा पुर्ण रुपमा समेटीनु पर्नेमा जोड दिनुभयो ।
भिडियो खबर तथा जानकारी
पेट मिचिमिची हास्नुहोस !!
हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो
Om Shanti Om - Parody (Nepali)


Post a Comment