Showing posts with label Intertainment. Show all posts
Showing posts with label Intertainment. Show all posts

कार वासिङमा सेक्स फ्री अफर !

Wednesday, December 26, 2012 | comments

तपाइँले कुनै प्रोडक्ट सर्भिस वा सेवामा विभिन्न अफरहरू दिने गरेको त कयौं पटक सुन्नु भएको होला । वा भनौं कुनै कम्पनी वा सर्विस प्रोभाइडर बोनस अंक दिने गर्दछन् । तर मलेशियामा ग्राहकहरूलाइ कथित रूपमा एक यस्तो सेवा प्रदान गरिने गरिएको थियो । जसमा ९ पटक कार धुने ग्राहकलाइ फ्री सेक्सको प्रस्ताव गरिएको थियो । गत हप्त क्वालालाम्पुरको नजिकै प्रहरीले एक यस्तो कार वास सेन्टरको पर्दाफाश गरेको छ, जसको एक मसाज सेन्टरसंग सेक्स वर्कर उपलब्ध गराउने सम्बन्धी सम्झौता गरिएको थियो । यस कुराको खुलासा त्यतिबेला भएको थियो । जुन बेला एक प्रहरी अधिकारी यस अफर प्राप्त गर्दै त्यस मसाज सेन्टरमा पुगेका थिए । प्रहरीले त्याहाँ छापा मार्दा सेक्स वर्करहरू ती ग्राहकहरूका साथमा भेटिए, जसमध्ये धेरै जना संग कार वास सेन्टरको अफर भएको कार्ड थियो । यस अपरेशनका इन्चार्ज इम्मी शाह फादिलले बताए अनुसार हामीले यस कुराको सुराकी पाएपछि त्याहाँ छापा मारेका थियौं । धेरै मानिसहरूका साथमा यस प्रकारको कार्ड भेटिएपछि हामीलाइ शंका लागेको थियो । त्यसपछि हामीले अपरेसन शुरू गर्यौ । ती अधिकारीले बताए अनुसार उनीहरूले त्यस पार्लरमा छापा मार्दा त्यस्ता पांच जना ग्राहकहरू भेटिए, जसले त्यस कार सेन्टरमा निश्चित समयभित्र नौ पटक आफ्नो कार धुन दिएका थिए र दशौं पटकमा फ्री सेक्सको अफर स्वरूप कार्ड प्राप्त गरेका थिए । यस छापामारीमा नौ जना भियतनामी महिलाहरूलाइ पक्राउ गरिएको थियो । जसको उमेर १८ देखि २८ बर्षको बिचमा रहेको प्रहरीले जनाएको छ । ती अधिकारीले बताए अनुसार उनीहरूले त्यस पार्लरमा छापा मार्दा त्यस्ता पांच जना ग्राहकहरू भेटिए, जसले त्यस कार सेन्टरमा निश्चित समयभित्र नौ पटक आफ्नो कार धुन दिएका थिए र दशौं पटकमा फ्री सेक्सको अफर स्वरूप कार्ड प्राप्त गरेका थिए । यस छापामारीमा नौ जना भियतनामी महिलाहरूलाइ पक्राउ गरिएको थियो । जसको उमेर १८ देखि २८ बर्षको बिचमा रहेको प्रहरीले जनाएको छ।
Click Here

राजेशको प्रचण्ड र बीपी बन्ने चाहना

Saturday, November 24, 2012 | comments

अमेरिकाबाट फर्के लगतै नायक राजेश हमाल चलचित्रको छायांकनमा व्यस्त भएका छन् । २०० भन्दा बढि सिनेमामा अभिनय गरिसकेका नायक हमालले अझै पनि आफुले चित्त बुझ्दो भुमिकामा काम गर्न नपाएको गुनासो बेला बेलामा व्यक्त गर्दै आएका छन् ।

पछिल्लो समयमा चलचित्रको अभिनय भन्दा निर्माणतर्फ आकषिर्त भइरहेका हमाललाई नेपालका चर्चित २ नेताको भुमिका पर्दामा निर्वाहा गर्न मन लागेको छ । अनलाइनखबरसँग कुरा गर्दै नायक हमालले यो रहस्य खोलेका हुन् ।
आखिर नेपाली चलचित्रका चर्चित नायक हमाललाई त्यस्ता कुन २ नेताले प्रभावित बनाए होलान् त ? नायक हमाललाई अहिलेका चर्चित नेता प्रचण्ड र जननायक वीपी कोइरालाको जीवनीमा आधारित भएर बुनिएको चलचित्रमा अभिनय गर्न मन लागेको छ । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘दुबै नेताको राजनीतिक आदर्श र सिद्धान्त भन्दा पनि जीवनबाट म प्रभावित छु ।’ ‘प्रचण्डको वाल्यकाल देखि जनयुद्ध हुदै खुल्ला राजनीतिसम्मको यात्रा पक्कै पर्दामा रोचक हुन्छ, हमालले भने ।’ हमाल भन्छन्, ‘प्रचण्डको जीवनयात्रा मलाई चलचित्रको भाषामा भन्नुपर्दा रंगिन लाग्छ ‘। वीपीको शालिन व्यक्तित्व र खरो रुपमा उत्रने बानीबाट प्रभावित भएका राजेशलाई चलचित्रको पर्दामा एकपटक उनको चरित्र निर्वाहा गर्न मन लागेको छ ।
चलचित्रको पर्दामा प्रायः गरिब गाउँको केटा देखि नायिकाको अंगालोमा नाच्ने नायकको भुमिकामा नै बढी देखिएका राजेशले प्रचण्ड र बीपीको भुमिकालाई निर्वाहा गर्दा दर्शकका लागि नौलो स्वाद हुनेछ ।

नायीका सौजन्य सुब्बाको सेक्स भीडियो सार्वजनिक !

| comments


तिमीबिनाको जीवन, सासबिनाको धडकन, म कसरी सहुँ’…..बोलको गीतमा हिरो रोज राणा र हिरोइन सौजन्य सुब्बाले बिछोडको आँसुसँगै राम्रै प्रेमालाप गरे । तर यो फिल्मी दृष्य एउटा दुःखद् इतिहासमा सिमित भएको छ ।

पतिसँग सम्बन्ध बिच्छेद गरेर लामो समय रोज राणासँगको प्रेममा रमाएकी नायिका सौजन्य सुब्बाले यतिखेर तिनै रोजबिरुद्ध प्रहरीमा सार्वजनिक मुद्दा दायर गरेकी छिन् ।अघिल्लो साता फिल्मी बजारमा हिरोइन सुब्बाको सेक्स भिडियो सार्वजनिक भएको चर्चा चल्यो । कतिपय फिल्मी पत्रकारलाई फोन गरेर रोजले नै सौजन्यको सेक्स भिडियो बाँडेको बताइएको थियो । त्यसको पुष्टी हुनेगरि अहिले सुब्बाले ललितपुर प्रहरीमा सार्वजनिक अपराधको मुद्दा दायर गरेपछि यो मामिला सार्वजनिक भएको छ ।

सौजन्यको पक्षमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा एवं फिल्मी हिरो भूपेन्द्र चन्दले दबाब दिइरहेको सोमबार प्रकाशित साँघु साप्ताहिकले छापेको छ । राणा र सुब्बावीच लामो समय प्रेम सम्बन्ध रहेको र हाल चन्दसँग प्रेमसम्बन्ध रहेको फिल्मी क्षेत्रमा चर्चा छ । टेलि फिल्मबाट नाम कमाएकी सुब्बाले काम पाउन छाडेपछि रोजले केही फिल्ममा लिड रोल दिएका थिए । तर अहिले रोजले आफुलाई डेरामै आएर मार्ने धम्की दिएको भन्दै सुब्बाले प्रहरी गुहारेकी छिन् ।

सौजन्यले बिहेका लागि रोजलाई दबाब दिएपनि नमानेपछि केही समयदेखि उनीहरुवीचको सम्बन्ध तिक्ततापूर्ण रहेको ललितपुर प्रहरी परिसरका एक अधिकृतले बताए । प्रहरीका अनुसार सौजन्यले दुई बर्षदेखि नै बिबाहका लागि दबाब दिँदै आएकी थिइन् । तर रोजले भने पाँच बर्षअघि नै बिबाह गर्न नसक्ने बताइसकेका थिए । बिबाह नगर्ने भए दुई करोड रुपैयाँ दिन सौजन्यले माग गरिन् । तर रोजले दुई करोड नदिने भएपछि उनीहरुवीच दरार सुरु भएको थियो । त्यसक्रममा सौजन्यले आफुसँग यौन सम्बन्ध राख्दै गरेको भिडियो सुरक्षित भएको भन्दै रोजलाई धम्क्याएकी थिइन् । रोज पनि के कम उनले पनि आफुसँग पनि भिडियो भएको र त्यो सार्वजनिक गरिदिने धम्की दिए । सौजन्यले प्रहरीमा सार्वजनिक अपराधको मुद्दा दायर गरेपछि अहिले प्रहरीले रोजलाई खोजीरहेको छ ।

तर तिहार मनाउन दाङतिर गएका कारण नभेटिएको बताइएको छ । प्रहरीले यो मामिलामा दुवै पक्षबाट कमजोरी भएको बताएको छ । दुवैवीच मिलापत्र नभएमा प्रहरीले केही दिनभित्रै रोजबिरुद्ध मुद्दा चलाउने तयारी गरेको साँघु साप्ताहिकले छापेको छ ।

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)