Home
INTERSTING
नेट खोल्यो कि आँखा सेक्सी साइटहरूमा जान्छ'
नेट खोल्यो कि आँखा सेक्सी साइटहरूमा जान्छ'
Monday, October 22, 2012 | comments
प्लस टूका छात्रछात्रा साइबरमा तल्लीन छन् । उनीहरू इमेल चेक, केही क्षण च्याटिङ् अनि विभिन्न पोर्नो साइटहरू भ्रमण गर्छन् । भर्खरै प्रेमको जालोमा फसेकी सिनामङ्गलकी शोभा साइबरले प्रेम गर्ने अवसर दिएको बताउँछिन् । पहिले साइबर उनको प्रेमको हुलाकी बनेको थियो भने अहिले समय कटाउने मेलो । केही वर्षयता साइबरमा रुमल्लिनुलाई नियमित दिनचर्या बनाइसकेका छन् शहरिया युवकयुवतीहरूले । कुनै दिन साइबर नछिरे केही गुमाएको अनुभव गर्छन् । तर, च्याटमा प्रेम, मिलन र दुःखसुखका ठाउँ यौन ले ओगटेको छ । लभ्ली जानु, लभ्ली जिना, पिङ्कस्विटी८१ र उम्फा१२३ जस्ता विभिन्न छद्म नाममा याहु आइडी बनाएर यौन च्याटिङ्मा रमाउनेहरू बढ्न थालेका छन् । सधैं एकसाथ डुल्दा वा भेट्दा प्रेममा मजा अनुभव नगर्ने युवकयुवतीहरूले साइबरको माध्यमबाट प्रेम र यौन बढाउँदै लगेका छन् । प्रविधिको क्रान्तिसँगै युवापुस्ता उदार हुँदै गएको छ । तीन वर्षअघि साइबर क्याफे खोलेका बत्तीसपुतलीका सनिज पौडेल साइबरका कारण यौन मा खुलापन आएको स्वीकार्छन् । विश्वमञ्चमा जनसम्पर्कको माध्यम बनेको साइबरमा युवकयुवतीको प्रेमालापदेखि विभिन्न यौन साइटसम्मको भ्रमण हुने गरेको छ । क्याफे डी पुतलीसडक साइबरमा रमाइरहेका ५० बर्षिय अधबैँसे आफ्नो नाम गोप्य राख्दै भन्छन्, "नेट खोल्यो कि आँखा सेक्सी साइटहरूमा जान्छ ।" साइबरले अधबैँसेहरूमा समेत जवानी भरिदिएको छ । आफ्नो नेटवर्किङ्को माध्यमबाट अधबैँसेले हेरेका साइटबारे जानकारी लिएका क्याफे डीका विनोद घिमिरे भन्छन्, "हो, म त्यस् ता साइट लक गर्न सक्छु तर मैले व्यवसाय पनि गर्नुपर्यो ।" सञ्चार क्रान्तिका कारण विश्वले ठूलो लाभ लिए पनि नेपालमा केही हानि पनि भइरहेको प्रा दुर्गाप्रसाद भण्डारीको ठम्याइ छ । "गुप्त र वर्जित यौन सम्बन्धको प्रसारणले प्राचीनपन्थी समाजहरूमा आश्चर्यका साथसाथै नकारात्मक छाप छाड्दै गइरहेको छ," उनी भन्छन्, "यसैको प्रभाव हो, साइबर यौन ।" बिराएर युवाजोडीहरू क्याबिन नै रोज्छन् । "क्याबिन रोज्नुको मतलब भनेको साइबर यौनको आनन्द लिनु हो," साइबर रुमका मान्छे भन्छन् ।
रेष्टुराका क्याबिनहरूमा नियन्त्रणको प्रयास भए तापनि साइबर सूचनाको माध्यम भएकाले त्यति ध्यान नदिइएको प्रहरी अधिकारीहरू बताउँछन् । अब त नेपाली यौन साइटसमेत बढेका छन् । यति मात्र होइन, तारको माध्यमले घरघरमा जडित इन्टरनेटबाट प्रेमी-प्रेमिकाहरू उन्मुक्त सम्बन्ध राख्न सफल भइरहेका छन् । "शारीरकि परिवर्तनसँगै युवकयुवतीहरूमा उत्सुकता र साथीहरूको नक्कल गर्ने बानी हुन्छ, उत्तेजनात्मक सन्तुष्टिका लागि उनीहरू यस्ता गतिविधिमा चाख राख्न थाल्छन्," मनोविज्ञ गङ्गा पाठक भन्छिन्, "प्रविधिको सदुपयोगभन्दा दुरुपयोग बढ्दै गएकाले अभिभावककै तहमा यसको रोकथाम गरिनु आवश्यक छ ।"
भिडियो खबर तथा जानकारी
पेट मिचिमिची हास्नुहोस !!
हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो
Om Shanti Om - Parody (Nepali)



Post a Comment